मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप २९४२ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा ५५ हजार ३८७ संक्रमित

थप २९४२ जनामा कोरोना संक्रमण, काठमाडौँ उपत्यकामा ५५ हजार ३८७ संक्रमित


काठमाडौँ । नेपालमा आइतबार २९४२ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।   

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई २३२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । जुन कुल संक्रमितको ६९.६९ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १६९८ जना संक्रमित थपिएका छन् । काठमाडौँका १४६९, ललितपुरका १३० र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ५५ हजार ३८७ पुगेको छ । जसमा काठमाडौँमा कुल ४४ हजार ७३४, ललितपुरमा ६ हजार २११ र भक्तपुरमा ४ हजार ४४२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १४ हजार ८७५ जनासहित हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ८३१ जना क्वारेन्टाइनमा र ३९ हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।   

मन्त्रालयका अनुसार देशभर ३०१ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन् ।