मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा ईभी कल्चर भित्र्याउँदै युवा ब्यबसायी बिनोद

नेपालमा ईभी कल्चर भित्र्याउँदै युवा ब्यबसायी बिनोद

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटाैडा (मकवानपुर) – बिश्व बजारमा ईभी (ईलेक्ट्रोनिक भियकल ) को माग ह्वात्त्तै बढेको समयमा नेपालका एक युवाले पनि यो व्यबसायमा अग्रसर भएका छन् ।

 

युवा ब्यबसायी बिनोद न्यौपाने, हेटौँडाका सडकमा दौडने म्यानुयल रिक्साहरुलाई बिस्थापित गर्दै ईलेक्ट्रोनिक रिक्सा भित्र्याउनेमा पहिलो नम्बरमा पर्छन । जम्बो मोटर्सका संस्थापक बिनोद चाईनिज कम्पनी लेभनिङको नेपालको एक मात्र आधिकारिक बिक्रेता हुन् ।

 

छोटो समयमै मार्केट बिस्तार गर्ने खुबी भएका बिनोद एती बेला चाईनिज ईलेक्ट्रोनिक लेभनिङ बाईक (ईस्कुटर्) भित्र्याउने तर्खरमा छन्, । नेपालमा इभिको माग भन्दा पनि ईभी कल्चर बसाउनुनै पहिलो चुनौती भ्एको बिनोद बताउँछन्, ।

 

“हामिले अहिले हेटौँडा , चितवन र काठमाडौंमा शाखा बिस्तार गरेका छौँ । बजारमा परिक्षणाका लागि चार मोडलका ५० थान स्कुटरहरु आएका छन् भने ८० थानको लागी प्री बुकिङ भैसकेको छ‘ उनले भने । बिभिन्न ब्यापारिक केन्द्रहरु साथै ब्यस्थ चोकहरुमा चार्जिङ स्टेसनहरु राख्नसके ईभीको क्रेज अझै बढ्ने उनको अनुमान छ ।

 

एउटा ईलेक्ट्रोनिक स्कुटरको नेपाली बजार मुल्य ब्याट्रीको क्षमता अनुसार दुईलाख पचास हजार देखी तीन लाख रूपैयाँसम्म पर्छ । जर्मनी ब्रान्डको बोस मोटर्स र साम्सुङ ब्रान्डको लिथेनियम आएनको ब्याटरी प्रयोग भएको यो स्कुटरले बजारमा राम्रो स्थान पाउनेमा बिनोद ढुक्क छन्, । ईलेक्टृक रिक्साबाट कयौँ युवाहरुला रोजगारी दिइसकेका उनले,  ईभी कल्चर स्थापना गर्न सके नेपालमै ईभी म्यानुफ्याक्चरिङ्ग गरी हजारौँ युवाहरुलाई स्वोदेशमै रोजगारी दिन सकिने बताउँछन् ।