मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज

बुधबार १५५९ जनामा कोरोना पुष्टि, १०५७ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा बुधबार १५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।    

एकैदिन कोरोना संक्रमण निको भई १०५७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । जुन कुल संक्रमितको ७२.५१ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ९०२ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६९७, ललितपुरका ११२ र भक्तपुरका ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २३ हजार ३११ पुगेको छ । जसमा काठमाडौँमा कुल १९ हजार ८९, ललितपुरमा २ हजार ५४० र भक्तपुरमा २ हजार ६ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १२ हजार २०५ जनासहित हालसम्म १० लाख २१ हजार ५०३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५ हजार ४२८ जना क्वारेन्टाइनमा र २० हजार ८९१ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । देशभर ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २०१ जना आइसियूमा उपचाररत छन् ।