मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार १३५१ सहित नेपालमा ७४ हजार ७४५ जनामा कोरोना पुष्टि

सोमबार १३५१ सहित नेपालमा ७४ हजार ७४५ जनामा कोरोना पुष्टि


काठमाडौँ । नेपालमा सोमबार १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा ४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।    

एकैदिन कोरोना संक्रमण निको भई ७४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । जुन कुल संक्रमितको ७३।१० प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ८१७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६४९, ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २१ हजार ४७५ पुगेको छ । जसमा काठमाडौँमा कुल १७ हजार ६४५, ललितपुरमा २ हजार ३१४ र भक्तपुरमा १ हजार ८४० जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार ८० जनासहित हालसम्म ९ लाख ९८ हजार ४०७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ३१० जना क्वारेन्टाइनमा र १९ हजार ६२४ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना र होम आइसोलेसनमा १० हजार ९२९ जना रहेका छन् । देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २२५ जना आइसियूमा उपचाररत छन् ।