मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोभिड–१९ बाट विश्वभर तीन करोड ३१ लाख बढी सङ्क्रमित, करिब १० लाखको मृत्यु

कोभिड–१९ बाट विश्वभर तीन करोड ३१ लाख बढी सङ्क्रमित, करिब १० लाखको मृत्यु


पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९९ हजार ५७४ जनाको मृत्यु भएको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३१ लाख १८ हजार नाघेको छ । कुल सङ्क्रमितमध्ये दुई करोड ४४ लाख ५९ हजार ७५० निको भएका छन् भने करिब ७६ लाख ५८ हजार ६८५ मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६५ हजार ३८८ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७२ लाख ८८ हजार ९३२ नाघिसकेको छ । कोरोना सङ्क्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार १९६ बढीको मृत्यु भएको छ ।  

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ५ हजार ७९५ सङ्क्रमित भएका छन् भने यहाँ ९४ हजार ५८२ बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाख १८ हजार ११५ व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४१ हजार ४४१ बढीको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजारभन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको आंकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।