मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार थपिए १३१३ संक्रमित, १४५५ जना डिस्चार्ज

शुक्रबार थपिए १३१३ संक्रमित, १४५५ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप १३१३ सहित ७० हजार ६१४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।     

एकैदिन कोरोना संक्रमण निको भई १४५५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । जुन कुल संक्रमितको ७३.४५ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ६४५ जना संक्रमित थपिएका छन् । काठमाडौँका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १९ हजार ११५ पुगेको छ । जसमा काठमाडौँमा कुल १५ हजार ७८०, ललितपुरमा १ हजार ९९० र भक्तपुरमा १ हजार ६६९ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १२ हजार २६२ जनासहित हालसम्म ९ लाख ६८ हजार १८५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ४६४ जना क्वारेन्टाइनमा र १८ हजार २८९ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् । देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २२७ जना आइसियूमा उपचाररत छन् ।