मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थपिए ११७२ संक्रमित, एकैदिन १८९३ जना डिस्चार्ज

बुधबार थपिए ११७२ संक्रमित, एकैदिन १८९३ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार  थप ११७२ सहित ६७ हजार ८०४ जनामा कोरोना पुष्टि भएको छ ।   

पछिल्लो चौबीसघन्टामा सात जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १८९३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । जुन कुल संक्रमितको ७३.७० प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ६३७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४९२, ललितपुरका ५० र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १७ हजार ७१५ पुगेको छ । जसमा काठमाडौँमा कुल १४ हजार ६६८, ललितपुरमा १ हजार ८४४ र भक्तपुरमा १ हजार ५६७ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ९ हजार ४४९ जनासहित हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार १०४ जना क्वारेन्टाइनमा र १७ हजार ४१४ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् । देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २२० जना आइसियूमा उपचाररत छन् ।