मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार १३५६ जनामा कोरोना पुष्टि, कुल ६६ हजार ६३२ संक्रमित

मंगलबार १३५६ जनामा कोरोना पुष्टि, कुल ६६ हजार ६३२ संक्रमित


काठमाडौँ । नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार मंगलबार  थप १३५६ सहित ६६ हजार ६३२ जनामा कोरोना पुष्टि भएको छ ।   

पछिल्लो चौबीसघन्टामा दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई ८२३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । जुन कुल संक्रमितको ७२.१३ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ६४७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ५११, ललितपुरका ७३ र भक्तपुरका ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १७ हजार ७८ पुगेको छ । जसमा काठमाडौँमा कुल १४ हजार १७६, ललितपुरमा १ हजार ७९४ र भक्तपुरमा १ हजार ४७२ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ११ हजार १५४ जनासहित हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार १७१ जना क्वारेन्टाइनमा र १८ हजार १४२ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना र होम आइसोलेसनमा ८ हजार ९४९ जना रहेका छन् । देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २२३ जना आइसियूमा उपचाररत छन् ।