मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोरोना संक्रमणबाट विश्वभर नौ लाख ४१ हजार ४८९ जनाको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर नौ लाख ४१ हजार ४८९ जनाको मृत्यु


जेनेभा । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ४१ हजार ४८९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ९८ लाख ५९ हजार ७५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १६ लाख ३५ हजार ३३२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ६८ हजार ३६६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ९१० जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश मुलुकहरु यस प्रकार छन् ।   

अमेरिकामा ६७ लाख ९८ हजार १९५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख ७० हजार २३९ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख ६८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ५० लाख ७९ हजार ९३३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३९ लाख ९५ हजार ७१ कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ६६९ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४३ लाख ८४ हजार ८६० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३३ हजार २१७ जनाको मृत्यु भएको छ ।  

रुसमा १० लाख ७९ हजार ५१९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ८ लाख ९० हजार ११४ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ९१७ जनाको मृत्यु भएको छ । 

पेरुमा ७ लाख ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ७ लाख २८ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ७ हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन् भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ । 

स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिनामा ५ लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४८ हजार २६३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ९१० जनाको मृत्यु भएको छ ।