मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख ६० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख ६० हजार नाघ्यो


नयाँ दिल्ली । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ५० लाख ६० हजार नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् । 

सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ५० लाख ६० हजार ८१८ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८२ हजार ५०४ पुगेको छ । 

भारतमा कुल सङ्क्रमितमध्ये १० लाख १ हजार ९०१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३९ लाख ७६ हजार ४१३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।  मन्त्रालयका अनुसार सङ्क्रमण मुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाइ छ । 

उनीहरुका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुमध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरि घटेको देखिएको हो । 

कोरोनाभाइसबाट सङ्क्रमित भएकामध्ये भारतमा पछिल्लो २४ घन्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् ।