मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकैदिन १५३९ जनामा कोरोना पुष्टि, थप आठसहित ३७९ जनाको मृत्यु

एकैदिन १५३९ जनामा कोरोना पुष्टि, थप आठसहित ३७९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा एकैदिन १५३९ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार थप १५३९ सहित संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । पछिल्लो चौबीसघन्टामा आठ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । 

एकैदिन कोरोना संक्रमण निको भई १०६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । जुन कुल संक्रमितको ७१.५० प्रतिशत हो ।

काठमाडौँ उपत्यकामा थप ७३७ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ६५२, ललितपुरका ६० र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १३ हजार ६६१ पुगेको छ । जसमा काठमाडौँमा कुल १० हजार ७५०, ललितपुरमा १ हजार ३९९ र भक्तपुरमा १ हजार २९ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार ४९४ जनासहित हालसम्म ८ लाख ७२ हजार २७४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार २५० जना क्वारेन्टाइनमा र १५ हजार ७७९ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ८ हजार ५४१ जना र होम आइसोलेसनमा ७ हजार ७०१ जना रहेका छन् । जसमध्ये २६ जनाको भेन्टिलेटरमा र १७३ जनाको आइसियूमा उपचार भइरहेको छ ।