मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘कोभिड १९’ बाट विश्वभर नौ लाख २९ हजारभन्दा बढीको मृत्यु

‘कोभिड १९’ बाट विश्वभर नौ लाख २९ हजारभन्दा बढीको मृत्यु


जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २९ हजार ६६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ९२ लाख १७ हजार २०६ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपि विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १० लाख ४५ हजार ८४६ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ४२ हजार २९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ५२० जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६७ लाख १० हजार ३१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३९ लाख ७५ हजार ९७ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४८ लाख ५० हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १०७ कोरोना भाइरस मुक्त भएका छन् भने ७९ हजार ७८४ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ७३ हजार ९५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ ।  

रुसमा १० लाख ६२ हजार ८११ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ  ८ लाख ७६ हजार २५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५७८ जनाको मृत्यु भएको छ । 

पेरुमा ७ लाख  २९ हजार ६१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  ६६ हजार ७९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ७१० जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख १६ हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख  ९९ हजार  ३८५ कोरोना भाइरस मुक्त भएका छन् भने २२ हजार ९२४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ६८ हजार ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ७१ हजार ६२३ कोरोना भाइरस मुक्त भएका छन्  भने ७० हजार ८२१ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख  ४९ हजार ७९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७७ हजार ९०६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४४७ जनाको मृत्यु भएको छ । 

स्पेनमा ७ लाख  ७६ हजार  ६९७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार  ७४७ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिनामा ५ लाख ५५ हजार ५३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख १९ हजार ५१३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ३५२ जनाको मृत्यु भएको छ ।