मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसर्ने ट्रम्पको दाबी

टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर नसर्ने ट्रम्पको दाबी


वासिङ्टन । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने पक्कापक्की भएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएका प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले सो एप्स्माथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी गराएका हुन् ।  

उनले ती एप्सहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिएका छन् । अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुँदैन– राष्ट्रपति ट्रम्पले भनेका छन् ।  

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । उनी अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ¥यालीलाई सम्बोधन गर्नका लागि गएका थिए । 

सो ¥यालीमा जानुअगाडि उनले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिएका हुन् । 

मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उनले सो धारणा राखेको प्राप्त समाचारमा जनाइएको छ । टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ ।  यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् । 

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।